२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बाह्रखरी कथा लेखन प्रतियोगितामा नवीन अभिलाषी प्रथम

दाङ, कात्तिक ६। बाह्रखरी कथा लेखन प्रतियोगितामा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ । चौथो संस्करणको डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरी विजेताको घोषणा गरिएको थियो । अभिलाषी प्रथम घोषणा भएसँगै उहाँले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्नुभएको छ ।

उहाँलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानलगायत व्यक्तिले ट्रफी, चेक, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अभिलाषी दाङ घोराही निवासी हुनुहुन्छ । उहाँ हाल नेपाल नेलिभिजनमा आबद्ध रहनुभएको छ । अभिलाषी कथा, कविता लेखनमा अब्बल सावित हुँदै जानुभएको छ । उहाँले भर्खरै प्रकाशित गरेको मौलामा बाँधिएको राँगो कविता संग्रह निकै चर्चामा रहेको छ ।

अभिलाषीले पत्रकारितासँगै साहित्यलाई सँगसँगै अगाडी बढाउँदै लग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?