२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

राज्यले नदेखेको मुक्त कमैया बस्ती : भन्छन्– हाम्रो जस्तो अवस्था सन्तानको नहोस्

कमैया मुक्तिपछि लालपुर्जाको आशमा बसेका मुक्त कमैयामा बस्तीमा तीन पुस्ता भूमिहिन छन् । नेताहरु कहिल्लै नपुग्ने यो बस्तीमा निर्वाचनमा भने लालपुर्जा दिने आश्वासन बाडिन्छ, तर मुक्ति घोषणा भएको दुई दशक हुँदा पनि यो बस्तीमा लालपुर्जा पाएका छैनन् ।


दाङ, मंसिर २ । दाङको राप्ती गाउँपालिका–३ का ५० वर्षीय धनिराम चौधरीका बुवा भागीराम चौधरी ३० वर्ष साहुका घरमा कमैया बस्नुभयो । धनिरामका बुवा मात्रै हैन उहाँका दाई हेलु चौधरी २५ वर्ष र भाई मनेराम चौधरी ५ वर्ष साहुको घरमा कमैया बन्नुभयो । धनिराम भने ९ महिना मात्र कमैया बस्नुभयो । कमैया बस्दाको दुःख सम्झेर उहाँ भारत हानिुभयो ।

खेति किसानी गर्न आफ्नै जग्गा जमिन नभएपछि धनीरामको परिवार साहूका घरमा कमैया बस्न बाध्य भयो । ‘हाम्रोखेतिपाती गर्न जमिन थिएन’ उहाँले भन्नुभयो, ‘खेतीकिसानी गरेर छाक टार्न बुवा, दाई, भाई सबै कमैया बसें ।’तर साह्रै दुख थियो जमिनदारी प्रथा । वर्षभरी खेतवारीमा काम पसिना बगाउँदा जम्मा ३६ मन अर्थात ५ क्विन्टनलधान पाइने । ‘साहुँबाट पाएको धान पनि वर्षभरी खान नपुग्ने’ उहाँले भन्नुभयो, ‘खान नपुग्नेभएपछि फेरि साहुँकै घरमा कमैया बस्नु पथ्र्याे ।’

सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषणा गरेपछि धनिरामका बुवा, दाजु, भाई कमैयाबाट मुक्ति पाउनुभयो । तर मुक्ति पश्यात उहाँहरुको बस्नलाई घर थिएन । खेतीबारी गर्न जमिन थिएन । जमिनदारी प्रथापछि पनि उनीहरुको दुखहरु सकिएनन्, बरु झन् थपिए । कमैया मुक्ति पछि धनीरामको परिवार बासस्थान खोज्दै राप्ती गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फबस्नुभयो । कालान्तरमा त्यहाँ उहाँहरुजस्तै कमैया मुक्तिपछि भूमिहिन भएका मुक्त कमैयाहरु आएर बस्थ थाले ।

आफ्ना बाबु र दाजु भाइ कमैया बस्दा पनि धनिराम भूमिहिन हुनुभयो । अहिले पनि उहाँ आफ्ना बाबुझै मुक्त कमैया बस्तीमा लालपुर्जा नभएर बस्नुभएको छ । जीवनभर कमैया बसेका उहाँका दाजु हेलुत्यही बस्तीमा भूमिहिन भएर बस्नुभएको छ ।

धनिरामका बाबु भागीराम केही वर्ष अघि वित्नुभयो । त्यसपछि उहाँका आमा, श्रीमति र छोरीसँग बसीरहनुभएको छ । सुरुमा उहाँले छाप्रो बनाएर बस्नुभयो । अहिले उहाँले ब्लक इट्टाको घर बनाउनसम्म सक्नुभएको छ । आफ्नो जीवनकालमा धनीरामले सुनाउन लायक गरेको प्रगति सायद यही हो ।

उहाँको कमाइबाट घरखर्चदेखि सबै चलाउनु पर्छ । दुई कठ्ठा नपुगेको जमिनमा बसेका उहाँको आयआर्जन गर्ने अर्को कुनैश्रोटछैन । उहाँले भन्नुभयो, ‘त्यो थोरै जमिनमा केहि हुँदैन, मजदुरी गरेमात्र खान पाइन्छ ।’

उहाँ जे काम पाउँनुहुन्छ, त्यहि गर्नुहुन्छ । कहिले गाउँमै लेबरी गर्नुहुन्छ त कहिले भारतमा रोजगार खोज्दै पुग्नुहुन्छ । चुनाव नजिकै आउँदासमेत अब भारत जाने तयारीमा हुनुहुन्छ धनिराम । उहाँलाई यहाँ मतदान गर्नु भन्दा भारत जान हतार छ । ‘यहाँ भोट हालेर के हुने हो र?’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘बरु काम गर्न पाए हुन्थ्यो ।’

नेताहरुलाई भोट दिएर आफ्नो अवस्था फेरिनेमा उहाँलाई विश्वस्त छैन । ‘के हुन्छ र भोट गरेर ? पहिले पनि गरेकै हो,’ उहाँले भन्नुभयो, ‘आजसम्म लालपुर्जा पाइएन । रोजगार छैन । बरु कामगर्न भारत जानपाए हुन्थ्यो ।’

मौसमी रोजगारले घरमा खान मात्र पुग्ने उहाँले बताएउनुभयो । घरको अवस्था कहिले फेरिने हो, उहाँ चिन्तामा हुनुहन्छ । ‘हिजो बुवाहरु कमैया बस्नुभयो । म पनि बस्नु प¥यो र आज सुकुम्बासी हुनु परेको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रोअवस्था फेरिन हाम्रो सान्तानको के होला चिन्ता लाग्छ ।’

No description available.

...........................

मुक्त कमैया बस्तीमै बस्छिन ४१ वर्षीया सावित्रा चौधरी । उहााका बुवा कमैया बस्नुभयो । दिदीको कमलरी बसकै समयमा सडक र्दुटनामा मृत्यु भयो । त्यसपछि ७ वर्षको हुँदा सावित्रा दिदी कमैया बसेकैसाहुको घरमा कमैया बस्न जानुभयो ।

त्यसपछि उहाँका दुःखका दिन सुरु भए । जहाँ उहाँले पढ्न पाउनुभएन् । कलिलो खेल्ने उमेरमा विहानदेखि साँझसम्म कामको बोझमा पर्नुभयो । स्कुलको जीवन कस्तो हुन्छ । साथीभाइसँगको रमाइलो कस्तो हुन्छ, उहाँले भोग्न पाउनुभएन् । ठूली भएपछि प्रोढ शिक्षा लिने आँट गर्नुभयो तर साहुले पढ्न दिइनन् ।

०६० सालमा साहुको घरबाट मुक्त भएपछि सावित्राको विवाह भयो । उहाँका ससुरा बुवा पनि कमैया बस्नुभएको हो । उहाँहरुको घरबास थिएन । पछिकमैया बस्तीमा उहाँहरु पनि बस्न पुग्नुभयो । यस बस्तीमा बस्न थालेको एक दशक बढी भइसकेको छ । तर आशातित परिवर्तन हुन सकेको छैन । ‘साहुको घरबाट त बाहिर आउन पाइयो तर यहाँ सरकारले हामीलाई सही रुपमा व्यवस्थापन गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘हामी अहिले पनि पीडामा छौँ ।’

एक दशकसम्म पनि राज्यले लालपुर्जा दिन नसकेको प्रति उहाँको गुनासो छ । अझ बस्तीबाट उठाउने कुराले उहाँलाई यो देशका नागरिक नभएको आभाष हुन थालेको छ । ‘यहाँ बसेको वर्षौँ भइसक्यो । लालपुर्जा पाउने बेलामा बस्तीबाट उठाउने कुराले चिन्ता हुन्छ,’ उहाँले भन्नुभयो, ‘के हामी योदेशको नागरिक होइन र ? ।’

साहुबाट भोगेको दुःख अहिले पनि सावित्रालाई ताजै लाग्छ । विगतका कुरा सम्झँदा उहाँका आँखा रसाइहाल्छन् । ‘हिजो साहुबाट पाएको पीडा सम्झन्न भन्दा पनि सम्झना आउँछन्,’यति भन्दा उहाँका आँखा रसाएका थिए । हिजोको त्यो पीडा र मुक्त भइसकेपछि राज्यले दीर्घकालिन व्यवस्थापन गर्न नसक्दा उहाँ थप पीडामा हुनुहुन्छ ।

यस्तै सावित्राकी छिमेकी ४१ वर्षीया सुमित्रा चौधरीलाई पनि लालपुर्जा पाउन नसकेको र राज्यले व्यवस्थापन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले चुनावमा नेताहरु भोट माग्न मात्र आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ भोट माग्न आउने मात्र हो । जितेर गएपछि त यो बस्ती उठाउने कुरा आउँछ ।’

सुनसान बस्ती

No description available.

मुक्त कमैया बस्ती, पूर्व–पश्चिम राजमार्गको करिब २०० मटिर भित्र उत्तर तर्फ पर्छ । यस बस्तीको पश्चिम तर्फ लुम्बिनी प्रदेश सरकारको निर्माणाधिन संसद भवन छ । छेवमै अन्य वस्तीहरु पनि छन् । अन्य बस्तीमा जतिबेला पनि चहलपहल देखिन्छ, मान्छेहरु घरमा भेटिन्छन् । तर मुक्त कमैया बस्तीमा दिउँसोको समयमा पुग्ने हो भने घरमा मान्छे भेटाउन मुस्किल पर्छ । बस्तीसँग जोडिएको सामुदायिक वनमा चराहरुको चिरविर सुनिएला तर मान्छेको चहलपहल भेटिदैन ।

दुई दिनसम्म मेचीकाली मिडियाको टिम पुग्दा यो बस्तीको चहलपहल दिउँसोमा देखिएन । गएको बिहीबार (२४ गते)सवा ३ बजे बस्तीमा पुग्दा प्रायः घरमा ताला लगाइएको भेटियो । घरमा काम गर्दै गरेका धनिराम मात्र भेटिनुभयो । साँझ ५ बज ेपछि सावित्रा, सुमित्रा भेटिनुभएको थियो ।

तर मुक्त कमैया बस्तीसँगै रहेको गाउँ नयाँ बस्ती, उत्तर मसुरिया गाउँमा मान्छेको चहलपहल थियो । साँझ पर्दै जाँदा स्ुकलबाट बालबालिका आएपछि मुक्त कमैया बस्तीमा पनि चहलपहल बढ्दै गयो ।

कामबाट फर्किदै गरेका जगन चौधरी बाटोमै भेटिनुभयो । उहाँलाई किन गाउँ सुनसान छ भन्दा सबै काम गर्न गएको हुँदा दिउँसोमा गाउँ सुनसान हुने गरेको प्रतिकृया दिनुभयो । ‘घरमा कामकेही छैन । बाहिर नगरे के खाने ?,’ जगनले भन्नुभयो, ‘म पनि अहिले काम गरेर आउँदै छु ।’

No description available.

उहाँका अनुसार यहाँका प्रायः सबै रोजगार गर्न बाहिर जाँदा दिउँसोको समयमा घरमा कोहि भेटिदैनन् । यस बस्तीका नागरिक केहि गाउँमै काम गर्छन कोही बाहिरी जिल्लासँगै भारतसम्म पुग्छन् । भेटिने प्रायः सबैलाई किन गाउँ सुनसान छ भन्ने हाम्रो जिज्ञासामा दिउँसोमा काम गर्न जाने हुँदा घरमा कोही नभेटिने प्रतिकृया दिनुभयो ।

चुनाव लागेको छैन ?जगनलाई हामीले प्रश्न ग¥यौँ । उहाँले भन्नुभयो, ‘चुनाव त नेताहरुलाइ लागेको होला । हामीलाई के लाग्नु र । देख्नुभयो अहिलेसम्म कामबाट फर्कदै छौँ ।’उहाँले गाउँमा रोजगार नहुँदा धेरै जना बाहिर गएको बताउनुभयो । ‘यहाँबाट बुटवल, पोखरा, स्याङ्जामा पनि काम गर्न गएका छन्,’ उहाँले भन्नुभयो, ‘कोही भारतमा छन् ।’हामीसँग कुरा गर्दै जगनले आफूहरुलाई रोजगारको ग्यारेन्टि हुनुपर्ने बताउनुभयो ।

यस्तै शुक्रबार दिउँसो १२ बजे पुग्दासमेत यस गाउँ सुनसान नै थियो । घरमा भेटिएका पनि काममा जान हतारमा देखिन्थे । १२ बजे पुग्दा खेतबाट काम गरेर फर्किएकी जानकी चौधरी भेटिनुभयो । तर उहाँलाई हामीसँग कुरा गर्ने फुर्सद थिएन ।

किनकी उहाँले खाना बनाउनु भएको थिएन् । खाना बनाएर खाएपछि फेरि उहाँ बाख्रा चराउन जानु पर्ने थियो । ५ मिनेटजति कुरा गर्दै उहाँले श्रीमान विहानै काममा गएको बताउनुभयो । आफू फेरि बाख्रा चराउन जानु पर्ने र घरमा अरु काम गर्ने कोही नभएको जानकारी दिनुभयो।

उहाँले निर्वाचनमा भोट दिने बताउनुभयो । तर नेताहरुले आफूहरुलाई लालपुर्जा दिन नसकेको प्रति गुनासो गगिर्नुभयो। उहाँले आफूहरुलाई बस्तीबाट उठाउने कुरा सुन्ने गरेको भन्दैयहाँबाट नउठाउन आग्रह गर्नुभयो । ‘हाम्रो न घर छ न जमिन छ, यहाँबाट उठाएपछि कहाँ गएर बस्ने’ उहाँले भन्नुभयो ।

No description available.

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?