२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

मतपेटिकामा आगजनी गर्ने प्रकाउ

दाङ मंसिर ४ । पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो ।

मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?