२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

दाङमा एकै दिन सात वटा सवारी सधान दुर्घटना, १३ जना घाइते

दाङ, मंसिर २० । दाङमा आज एकै दिन सात वटा सवारी सधान दुर्घटनामा परेका छन् । दुर्घटनामा १३ जना यात्रु घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज दिउँसो साढे १ बजे घोराही–लमही सडक खण्डअन्तरगत लमही नगरपालिका–६ बेलदमारमा बस र टिप्पर ठोकिँदा ९ जना घाइते भए । घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४७३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर एक आपसमा ठोकिँदा बसमा सवार ९ जना घाईते भएका हुन् ।

बस दुर्घटना भएपछि सोही बाटो खुलाउने क्रममा बसलाई ब्याक गर्ने क्रममा ब्रेक फेल भएर बा १० च ६९९२ र बागमती प्रदेश ०१–०२५ च ९४४८ नम्बरको कार, रा १ प ६४०१ र भे ३ प ३८१२ नम्बरको मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ ।

कारमा सवार ४ जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि डिस्चार्ज गरिएको छ । बसमा सवार ९ जना घाइते भएकोमा उनीहरुको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

यस्तै आज दिउँसो पौन ३ बजे लमही कोइलाबास सडक खण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको छ । भारतबाट कोइलाबास घुम्न आएकाहरु सवार रहेको कार दुर्घटनामा परेको र कारमा सवार ४ जना यात्रु सामान्य रहेको प्रहरी चौकी गढवाले जनाएको छ ।

यूपी ३२ एलक्यू १५६१नम्बरको कार सडकबाट करिब १५–२० मिटर तल खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?