२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

घर प्लास्टर गर्ने क्रममा खसेर मृत्यु

दाङ, मंसिर २२ । घर प्लास्टर गर्ने क्रममा खसेर पाल्पाको रामपुरमा २५ वर्षीय गजेश कुसुहवाको बिहीबार मृत्यु भएको छ । रामपुर नगरपालिका–५, बेझाडस्थ्ति दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई–३, मंगलापुर घर भएका कुसुहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?