७ चैत २०८१, शुक्रबार
21 March , 2025,Friday

अनेरास्ववियु दाङको २४ औं अधिवेशनको तयारी पुरा

दाङ, साउन ३० । अनेरास्ववियु दाङको २४ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोलि तुलसीपुरमा हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको अधिवेशन आयोजक समितिका संयोजक गणेश खड्काले जानकारी दिनु भयो ।

भोलि र पर्सि गरी दुई दिनसम्म हुने अधिवेशनका लागि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक वडाल, उपाध्यक्ष नारायण घर्ती उपाध्यक्ष, धर्म गिरी, अनेरास्ववियु केन्द्रिय सचिव लुम्बिनी प्रदेश इञ्चार्ज बिनिता काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाँठा मगर, स्थायी कमिटी सदस्य गोविन्द थपलियालगायतका नेताहरु दाङ आइपुग्नुभएको छ ।

अधिवेशनका लागि जिल्लाका क्याम्पस, विद्यालयबाट प्रतिनिधित्व गर्दै करिव ५ सय प्रतिनिधि चयन भएर आएका छन् । अधिवेशनले ३९ सदस्यीय जिल्ला कमिटी चयन गर्ने प्रदेश सन्तोष बाठा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार सर्वसम्मत नेतृत्व चयन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?