२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

राजधानी दाङ हो दाङमै रहन्छ

गेहेन्द्र बस्नेत

तत्कालिन प्रदे्श नं. ५ को राजधानी तोक्न र नामाकरण गर्ने बसेको प्रदेश सभाले प्रदेश नं. ५ को राजधानी दाङको राप्ती उपत्यकाको राप्ती गाउँपालिका र गढवा गाउँपालिका साथै अर्घाखाँची जिल्लाको सितगंगा गाउँपालिका क्षेत्रलाई केन्द्र विन्दु बनाएर राजधानी घोषणा र प्रदेश नं. ५ को नाम लुम्बिनी बनाउन दुइतिहाइ बहुमतले निर्णय गरिएकाे थियाे । वि.सं. २०७७ असोज २० गते मंगलबार प्रदेशको राजधानी र नामकरण गर्दा अहिले बुटवलबाट संविधान र प्रदेशको कानुन भन्दा ठूला कुरा गर्ने, निर्वाचनमा मतदातालाई भ्रम सिर्जना गरी भोट खिच्न छदमभेष गर्ने कुरा प्याक्नेहरु २०७७ साल भन्दा पछि राजनीतिमा आएका हुन या यस भन्दा पहिला पनि राजनीतिमा थिए ? अहिले बुटवलबासीलाई अञ्जान ठान्नेहरुका कुरा कुनै पनि बुटवलबासीले पत्याएका होलान भन्ने मलाई विश्वास छैन् तर भ्रम फिजाउन सक्ने यस प्रकारका कुप्रचारका पछाडी लुम्बिनी प्रदेशबासी कोही पनि, कुनै पनि जिल्लाबासी यी व्यक्तिका पछाडी पर्नु हुँदैन ।

बुटवल वा राप्ती उपत्यका अहिलेको चुनावी मत माग्ने एजेण्डा हैन । हुनु पनि हुँदैन । राजनीतिमा आफु कमजोर भएर, अलोकपृय भएर, जनतामा भ्रम फैलाउने, जनतालाई झुटको खेती गर्ने वा कमजोर राजनीतिक धरातल भएका व्यक्तिले यस प्रकारका गलत अफवाह फैलाउने गर्दछन् । बुटवलबासी आम नागरिकहरु यस प्रकारका गलत कुराका पछाडी पर्नु हुनेछैन् । फेरी बुटवलको समस्या मात्रै हैन हाम्रो प्रदेश भौगोली संरचनाका आधारमा तीन वटा अञ्चलको जोडबाट बनेको प्रदेश हो लुम्बिनी । यो राजधानी कहाँ हुने वा सार्ने भन्ने विषय अहिले गैरराजनीतिक एजेण्डा पनि हो । यसलाई मद्धा बनाउनु भनेको तत्कालिन सरकार प्रमुखका विरुद्धमा सुनियोजित रुपमा गरिएको षडयन्त्र हो भन्ने लुम्बिनीबासीका साथै आमनेपालीले बुझेको विषय पनि हो ।

लुम्बिनी प्रदेशको राजधानी घोषणा गर्दा समेत तत्कालिन मुख्यमन्त्रीमाथी भौतिक रुपमा आक्रमण गरी गाडीमा सुनियोजित रुपमा ढुङ्गा प्रहार गरिएको घटना अहिले पनि कसैले लुकाएर लुक्ने विषय पनि हैन । राजधानीको स्थान घोषणा गर्दा राजनीतिक रुपमा, संबैधानिक रुपमा र जनभावनालाई सम्मान गर्दै घोषणा भएको घामजस्तै विषय हो । प्रदेश सभामा रहेको तत्कालिन सदस्य संख्या ८३ सदस्य मध्ये ७९ जना सांसदले दाङ(राप्ती उपत्यका)लाई राजधानी बनाउनु पर्छ भनि भोट हाल्नेमा सबै पार्टीका सांसद पनि थिए । वर्तमान गृहमन्त्रीको पार्टी नेपाली काँग्रेसका दाङबाट प्रदेश सभामा उम्मेदवार बनेका समेतले दाङ राजधानीका पक्षमा वकालत गरी भोट मागिरहेका छन् भने उहाँले किन कारवाही गर्न सक्नु भएन ? उहाँहरु राजधानीको पक्षमा भोट गर्दा बुटवल अस्थायी राजधानीबाट किन दाङ राजधानीको पक्षमा भोट गरेको भनि कारवाही गर्न सक्नु भएन ?

यतिमात्रै हैन तिनै सांसदलाई अहिले किन पुनः उम्मेदवार बनाउनु भयो ? यो चुनाव जित्नका लागि मात्रै बुटवलबाट राजधानीको मुद्धा उठाएको हो भन्ने आमनागरिक र बुटवलबासीले बझ्दैनन ? संविधानको धारा २९५ को (२) मा धारा ६५ को उपधारा(३) बमोजिमका प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुइ तिहाइ बहुमतबाट पारित भएर थिएन र ? यी र यस्तै सयौ प्रश्नको उत्तर आम नागरिकले खोज्दैनन् ? तत्कालिन मुख्यमन्त्री तथा एमाले महासचिबको शासन संचालन क्षमतालाई सहन नसकेर उहाँमाथीको ठाडो आक्रमण हो भनि बुझ्न सकिदैन र ? त्यसैले चाहे बुटवलबासी नागरिक होस् या राजधानी भएको दाङबासी, सबैले बुझ्नु पर्ने कुरा संविधान अनुसार सांसदले दुइतिहाइ सदस्य गरेको निर्णय तत्काल कुनै हालतमा परिवर्तन हुनेवाला छैन् । अहिले बुटवलमा क्षणिक राजनीति गर्ने केही उम्मेदवारको मतदाता आक्रर्षण गर्ने नारा बाहेक अन्य कुनै पनि तर्क तुक छैन राप्ती उपत्यकाबाट राजधानी सार्ने बहान ।

अर्को तर्फ के साविक भेरी अञ्चलका बाँके बर्दियामा राजधानी हुनसक्ने स्थान छैन ? के तिन आञ्चलिक भावनालाई राजधानीको सुगमतासँग हेरिनु पर्दैन ? के बुटवल १२ जिल्लाको पाएक पर्ने स्थान हो र ? के संघीय प्रणाली भनेको आँगनमा राजधानी हो र ? के बाँके बर्दियाका लागि बुटवल सहज स्वीकार्य स्थान हो र ? के संघीय प्रणाली भनेको एकै घर, एकै थलो र शक्तिको केन्द्रिकृत हो र ? बाँके बर्दियामा बुटवलमा बसेर राजनीति गर्नेका कार्यकर्ता छैनन् ? यी कार्यकर्ताले आमनागरिकलाई जवाफ दिनु पर्दैन ? किन बेमौसी राजनीति गरेको ? प्रतिनिधिसभा वा प्रदेशसभामा विजयी प्राप्त गर्नका लागि राजधानी बुटवलमा हुनसाथ सबै थोक बुटवलबासी गुमाउन तयार छन त ? कृपया बेमौमी र अराजनीतिक कुरा राजनीतिमा प्रवेस गराउनु राजनीतिक संस्कार हैन ।

प्रतिष्प्रर्धा त राजनीतिक एजेण्डामा गर्ने हो । नागरिकका आर्थिक स्तरबृद्धि, सामाजिक संरचना बलियो बनाउन, शान्ति र समुन्नितिका लागि राजनीति गर्ने होला । राजनीति भनेको संविधानको कार्यान्वय, नीति विधि र निर्णयको कार्यान्वयन गर्ने होला । प्रदेशबासीमा भाइचार, सदाचार, सहयोगी, अपनत्व, समृद्धि र सुखी नागरिक बनाउन होला । नकि कसैको लोकपृयता वा भावनामा घुसपैठ तथा ठेस पुगाउन होइन । बुटवलमा जुनप्रकारले राजधानीको मुद्धलाई मतका लागि गरिदैछ यसले लुम्बिनी प्रदेशबासीमा क्षेत्रीयता, भेगीयता र सहकार्यतालाई खलबल बनाउन खोज्नु केवल स्वार्थपूर्तिका लागि गरिएको व्यक्ति केन्द्रित कुन्ठा, कमजोर राजनीति एजेण्डा र हतासको मानसिकता मात्रै हो । यस विषयलाई लिएर लुम्बिनी प्रदेसबासी कहिकतै पनि भ्रमित हुन पर्ने वा आसाबाट लालहित हुन पर्ने विषय हैन । यस पछाडीका लुकेका कुरा बुझ्न सबै प्रदेशबासी सचेत हुनु पर्ने हुन्छ ।

त्यसकारण बुटवलमा राजधानीको डम्फु फुक्नु भनेको दाङबासीले राष्ट्रिय राजनीतिमा जन्माएको कर्मठ, बैचारिक, क्षमतावान र समग्र देशको भाग्य भविष्यसँग जोडिएको नेतालाई पाखा लगान जोहो गरिएको अराजनीतिक खेल हो । दाङबासीले बुझ्नै पर्ने कुरा बुझि सक्नु भएको छ । उहाँहरु सचेतमात्रै हैन सक्रिए पनि हुनु हुन्छ । दाङले आफ्नो जिल्लाबासी मात्रै हैन, आफ्नो जिल्लाको मात्रै नेता हैन समग्र देशको अब्बल, सक्षम, पारदर्शी, निस्वार्थी र जनमनको नेतालाई जन्माएको छ । यो दाङबासीका लागि गौरबको विषय होनै साथै दाङलेनै सिंङ्गो राष्ट्रको नेतृत्व गर्नबाट बन्चित गराउनका लागि बुटवलबाट केही दाङ विरोधीका आवाज आएका हुन । यसको प्रवाह नगरी सबै दंगालीले एकमतका साथ एक छापका साथ एमाले महासचिब तथा दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा शंकर पोखरेललाई विजयी गराउने छौं । यस्ता विषय नअल्मलिन र भ्रमित नहुन हार्दिक अपील समेत गर्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?