२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

एमालेको विजय अभियान रोक्न गठबन्धनले नागरिकताको विषयलाई हतियार बनायो : पोखरेल

दाङ, असोज ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

बिहीवार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धनले नागरिकताको विषयलाई षड्यन्त्रका रूपमा एमालेविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाउनुभयो । नागरिकताको विषयमा एमालेको धारणा स्पष्ट रहेको उहाँले दाबी थियो ।

उहाँले भन्नुभयो, ‘एमालेको विजय अभियानलाई रोक्नका लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ ।

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताउनुभयो । उहाँले अहिले नागरिकतामा वैवाहिक अङ्गीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?