२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

बंगलाचुलीमा वाइसिएल इन्चार्ज र काँग्रेस क्षेत्रीय प्रतिनिधि एमालेमा प्रवेश

दाङ, असोज ६ । दाङको बंगलाचुली गाउँपालिकामा बंगलाचुली वाइसिएल इञ्चार्ज सुशील परियारसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । विहीबार भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि धनबहादुर परियारको नेतृत्वमा पनि दर्जनौ युवाहरु एमाले प्रवेश गरेका छन्।

नबप्रवेशीहरुलाई बंगलाचुलीमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराईएको थियो । एमालेका नेता तथा दाङ क्षेत्र नम्वर २ प्रदेश (क) बाट उम्मेदवरमा सिफारिस हुनुभएका बलिभद्र रानाले उनीहरुलाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?