२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

चालिस प्रतिशत सिट नदिए ठूलो संकटको सामना गर्नुपर्ने शेखर समूहको निष्कर्ष

दाङ, असोज २० । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । आज शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ । "हामीले प्रतिशतको कुरा गर्न चाहेका होइनौँ । गएको स्थानीय निर्वाचनमा हामीले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर प्रभावशाली मान्छेलाई टिकट दिनुपर्छ भन्यौँ । तर, हाम्रो कुरा मानिएन । त्यसैले अहिले हामीले ४० प्रतिशत चाहिन्छ भनेका हौँ," बैठकमा सहभागी एक नेताले भने ।

उनीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन् । गएको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरूलाई किनारा लगाउन खोजेको उनीहरूको भनाइ छ ।

मनोनयनको मिति नजिकिएसँगै शखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन् । यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीमा संघर्ष गरेका थिए । अन्तिममा आएर कांग्रेसको समानुपातिक सूचीमा केही परिवर्तन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?