२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

माधवकुमार नेपाल विजयी

काठमाडौं, मङ्सिर ८। रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ । नेपाल पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ ।

उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?