२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

महागठवन्धनका बिरुद्धमा बलियो राजनीतिक शक्ति बन्यो एमाले

सविन प्रियासन
दाङ, मंसिर ८ । हार पनि बलियो बन्ने शिक्षा हो । यसबाट सिक्नेहरु, सच्चिनेहरु, सच्चाउनेहरुले फेरि पनि जित्न सक्छन् । महागठवन्धनको बिरुद्धमा निर्वाचनमा होमिएर पनि बलियो राजनीतिक दलकारुपमा एमालेले आफूलाई स्थापित बनाउन सफल भएको छ । एमालेको नामोनिसान बनाउन चाहने शक्तिहरुका बीचमा सतिसाल जस्तो उभिन सकने राजनीतिक दल बनेको छ । एकलै निर्वाचनमा होमिएर प्रत्यक्ष तर्फ दोस्रो संख्या र समानुपातिक तर्फ पहिलो बन्न एमालेलाई कसैले छेकन सकेन । यो एमालेको लागि ठूलो उपलव्धी हो । प्रदेशतर्फ पनि एमालेको पोजिशन राम्रो देखिएको छ । एमाले सत्तामा पुगेर मुलुकलाई निर्माण गर्ने अभियानसहित निर्वाचनमा होमिएको थियो । तसर्थ हामी कामना गर्छौ सरकारमा जानेहरुले मुलुकलाई समृद्ध बनाउन, विकासको लहर सत्तामा जानेहरुले चलाउन सकुन । हामी पराजीत भएका होइनौ, अहिले सम्मको स्थिति हेर्दा मुलुककै ठूलो दलको हाराहारीमा दोस्रो भएका छौँ । जनता अनि मतदाताको माया पाउनेमा हामी अहिले पनि पहिलो छौँ ।

जसले जतिसुकै ठूला कुरा गरेपनि, जे भनेपनि दाङ जिल्लाको सन्दर्भमा राजनीतिक बृत्तको कुरा गर्नु पर्दा मुलुकमा हैसियत जमाउन सक्ने ठूला दलहरुको केन्द्रीय तहमा रहेर हस्तक्षपकारी भूमिका खेल्न सक्ने नेता शंकर पोख्रेल बाहेक अहिले पनि अर्को छैन । उहाँ जति हैसियत बनाउन दाङका अन्य नेताहरुलाई अब एक दशक बढि लाग्नेछ । त्यो पनि जिल्लामा रहेका नेताले आफ्नो हैसियत बढाउने खुबी देखाउन सकेमा मात्र पोख्रेलको स्तरमा पुग्नेछन् । संसदीय अंक गणितमा पोख्रेलको पराजयले अर्को दललाई स्वाभाविक लाभ होला । अन्यथा जिल्लाको हिसाबले समग्रमा राप्ती, अनि पश्चिम भेगलाई नै ठूलो घाटा भएको छ, जुन कुरा क्रमशः सबैले महसुस गर्न पाउनेछन् ।

पाँच दलिय गठवन्धनका बिरुद्धमा एकलै निर्वाचनमा होमिएर पनि एमाले महासचिव शंकर पोख्रेलले झिनो मतान्तरणमा पराजयको सामना गर्नु परेको छ । यो पराजयले एमालेलाई मात्र होइन, जसले दाङको विकास र समृद्धि चाहन्छ, त्यसलाई समेत ठूलो चोट पु¥याएको छ । नेकपा एमाले दाङले स्थानीय तहमा गठवन्धन र एमालेबीचमा रहेको मतान्तर यस पटक घटाएको छ । एमालेले यतिबेला दाङमा भोग्नु परेको पराजयलाई निर्मम तरिकाले समीक्षा गर्दै पार्टीलाई नयाँ सिराहबाट एकताबद्ध बनाउँदै असल प्रतिपक्षको भूमिकामा उभ्याएर जनस्तरमा जनताको मनमनमा बस्ने योजना अनि कार्यक्रमसहित नयाँ जोस जाँगरबाट अगाडी बढ्ने सवालमा अब आफूलाई केन्द्रीत बनाउनुपर्छ । महागठवन्धनसँग मतको अंकगणितमा धेरै पछाडी हुँदाहुँदै सबैको मेहनत, परिश्रम अनि खटाइले जनताको अपार माया एमालेले निर्वाचनमा पाएको छ । एमालेको लागि जनता ९मतदाता० को माया ठूलो पूजी हो । केही प्राविधिक कारण, अनि हामी सबैको कमिकमजोरीले गर्दा झिनो मतले महासचिवले निर्वाचनमा पराजय भोग्नु पार्टी जीवनको लागि ठूलो चोट अनि क्षति हो । यसको लागि मेरो हैसियतबाट भएको कमिकमजोरीको जिम्मेवारी म लिन तयार छु ।

निर्वाचनको मतपरिणाम पछि व्यक्तिगतरुपमा भन्नु पर्दा स्वाभाविकरुपमा पीडा, जलन, छटपटि भएको छ । दाङसँग कुनै टाढाटाढासम्मको साइनो नभएको राजनीतिमा चासो राख्ने सचेत मान्छेले समेत सामाजिक सञ्जालमा यतिबेला एमाले महासचिव शंकर पोख्रेलको पराजयमा सहानुभूति जनाई रहेको छ । केही उछृंखल तत्वहरुले पराजयबाट चरम सन्तुष्टि लिइरहेका छन् । निर्वाचनमा खटिने सबैले आफ्नो पक्षमा मतपरिणाम आओस भन्न चाहन्छन् । भर्खरै खुलेको पत्रकार रबी लामीछानेको पार्टी (घण्टी चिन्ह) मा लागेकाहरु समेत आफ्नो पक्षमा निर्वाचन पार्न सक्रियताका साथ गाउँगाउँ डुलेका थिए । दाङको सन्दर्भमा उनीहरुले राजनीतिमा कदम राखेको छोटो समयमा नै राम्रो सद्भाव पाएका छन् । यस प्रकारको माया बढाउनका लागि उनीहरुको सक्रियता, क्रियाशीलता अनि अबको कार्यक्रमले निर्धारण गर्नेछ ।

तर महागठवन्धन बनाएर मुुलुकलाई जटिल अवस्थामा पु¥याउन जेजतिले भूमिका खेल्नु भयो, उहाँले जति पनि ठाउँमा जीत हात पार्नु भएको छ, त्यो जीतलाई दम्भमा रुपान्तरण गरेको जस्तो देखिएको छ । राजनीतिक सिद्धान्त भन्दा बाहिर रहेर सामाजिक सञ्जालहरुमा जीतको उन्मादलाई उहाँहरुले ओकली रहनु भएको छ । यस हिसाबले पनि उहाँहरुको महागठवन्धनको जीतले न जिल्लाको विकास गर्ने वाला छ, न यो जीत एकताबद्ध भएर पाँच वर्षसम्म टिक्ने वाला छ । सत्ता र कुर्सीलाई प्राथमिकता दिएर मुलुकले लिन लागेको समृद्धिको गतिलाई रोक्न बनेको महा गठवन्धनले वास्तवमै मुलुकलाई पाँचवर्ष स्थिर अति गतिशिल बनाउने योजना पस्किनु नै अहिलेको गठवन्धनको कार्यदिशा हो । अन्यथा सत्ताको नेतृत्व गर्नका लागि अपवित्र खेलहरु गठवन्धनभित्रैका नेताहरुले खेल्ने संकेत देखाई रहेको समयमा हामी पाँचपाँच वटा शक्तिहरु मिलेर एमाले महासचिव शंकर पोख्रेललाई १९७ मतले निर्वाचन जित्यौ भन्नु हाँस्यास्पद अनि टिठ लाग्दो रबैया हो ।

नेकपा एमाले सबैको घेरा बन्दीलाई तोडेर पहिलो राजनीतिक दल बन्ने बलियो अठोट लिएर अगाडी बढेको छ । जुन एक हदसम्म सफल पनि भएको छ । यतिबेलाको निर्वाचन एमालेको लागि अस्तित्वको लडाई थियो । संसदीय व्यवस्थाभित्र अहिलेको परिणामले स्वाभाविकरुपमा महत्वपूर्ण ठाउँ राख्छ । तर एमाले महासचिव एमाले अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी अब बन्न सक्दैनन्, उनी कमजोर भए भन्ने यदि कसैले दिवास्वप्ने देखेको छ भने यो उसको अर्को पराजय हो । मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नका लागि सांसद वा मन्त्रीनै बन्नु पर्छ भन्ने छैन । राजनीति मुलुकको सबै नीति माथि राज गर्ने नीति हो । यस अर्थ देश र जनताको उज्ज्वल भविष्य निर्धारण गर्ने, योजना बनाउने मियो नै राजनीति भएकाले एमाले महासचिव पोख्रेलले आफ्नो अभिभावकत्व अबका दिनमा हिँजोको भन्दा पनि माथि उठेर बहन गर्नु हुनेछ ।

एमालेले दाङमा निर्वाचन हारिरहँदा जित्नेहरुलाई शुभकामना छ । हाम्रो अपेक्षा जित्नेहरुले यो पाँच वर्षको अवधिमा दाङको दुरगामी भविष्यसँग जोडिएको भालुबाङ क्षेत्रमा छिटो भन्दा छिटो राजधानी स्थानान्तरण गर्ने कुरामा सफलता प्राप्त गर्नुपर्छ । दाङमा दिनदिनै हवाई यातायातको सुविधा पुग्ने गरी यो अवधिमा दाङको विकास हुनुपर्छ । यो पाँच वर्षभित्र लमहीबाट तुलसीपुर फोरल्याण्ड बाटो निर्माण कार्य सम्पन्न गर्नुपर्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुचारु गर्न जितेका जनप्रतिनिधिहरुले प्रशस्त बजेट अनि योजना बनाउनुपर्छ । यसका लागि नेकपा एमालेको तर्फबाट हरसम्भवको सकारात्मक सहयोग हुनेछ, हुनुपर्छ । राजनीति पाँच वर्षका लागि मत्र गर्ने सोँच एमालेको नभएका कारण दाङको विकास र समृद्धिका लागि एमाले अबका दिनमा सच्चिदै, सच्चाउँदै, एकताबद्ध भएर अगाडी बढ्नेछ । नेकपा एमालेले दाङलाई समृद्ध अनि विकसित बनाउन सक्छ भन्ने विश्वासका साथ जेजतिले सूर्यमा मतदान गर्नु भयो, साथ सहयोग गर्नुभयो सबैसबैलाई धन्यवाद, कृतज्ञता !

सविन प्रियासन
(प्रचार विभाग प्रमुख)
नेकपा एमाले दाङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?