२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

अब सरकार बनाउन गाह्रो हुन्छ, बनाए टिकाउन गाह्रो हुन्छ : ओली

दाङ, मंसिर ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा कुनै पनि दलको बहुमत नपुग्ने भएकाले अब सरकार गठनमा मोलोल, भागबण्डाको खेल सुरु हुने बताउनुभएको छ ।

झापा ५ बाट अत्याधिक मतले विजयी हुनु भएपछि प्रमाणपत्र लिनुहुदै उहाँले भन्नुभयो,‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’

फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उहाँको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?