२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बाँके १ बाट खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल विजयी

बाँके, मंसिर ८ । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य ढकला विजयी हुनुभएको छ । उहाँले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ५ हजार ३९४ मतान्तरले हराउनुभएको हो ।

ढकालले २५ हजार २६ मत प्राप्त गनुृभएको छ भने गहतराजले १९ हजार ६३२ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको चुनावमा यसै क्षेत्रबाट गहतराज निर्वाचित हुनुभएको थियो ।

यसअघि बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका धवल शमशेर राणा, बाँके ३ बाट नेपाली कांग्रेसका किशोरसिंह राठोर निर्वाचित भई सक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?