२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

तीन जनालाई चार हजार डलरको पुरस्कार

दाङ, पुस ४। पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने भएको छ । हेम–सरिता पाठक फाउन्डेसनले उक्त पुरस्कार आगामी पुस ११ गते प्रज्ञा भवन, कमलादीमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट सम्मानित गर्ने भएको हो ।


यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित गर्ने भएको हो ।
त्यस्तै कवि मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिसहित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?