२४ साउन २०७९, मङ्गलबार
9 August , 2022,Tuesday

सवारी साधनमा जथाभावी लेखे कार्वाही

दाङ, असार २३ । अब सवारी सधानमा जथाभावी लेख्न नपाइने भएको छ । गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न भन्दै सवारी सधानमा अनावश्यक लेखन र विज्ञापन गर्न नपाइने जनाएको छ ।

मन्त्रालयले परिपत्र गरेको निर्णयमा यस्तो नियम लागू गरिएको छ। सचिव स्तरको निर्णय अनुसार अब सवारी साधनमा साहित्य, सायरी र टुक्रा अर्थात् बोलीचालीको भाषामा भनिने ‘गाडी साहित्य, ट्रक साहित्य’ लेख्न पाइने छैन ।

गाडीमा लेखेको पाइए तत्काल उक्त लेन सवारी धनीले हटाउनुपर्ने र नहटाए स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

निर्णयको बुँदा नम्बर १० मा भनिएको छ, ‘‘गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने।त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।’’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?