२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला

दाङ, असोज ३ । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ ।

आइतवार बेलुका आठबिसकोट नगरपालिका ५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो ।

बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?