२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको मृत्यु

दाङ, मंसिर ६ । चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको मृत्यु भएको छ । चितनवमा दुर्घटनामा परी उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

चितवनको राप्ती नगरपालिका ६ हवी चोकमा रोकिराखेको ना २ ख ८२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको हायस ठोक्किदा हायसमा सवार ६ जना घाइते भएका थिए । घाइते मध्ये विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

अन्यको अहिले उपचार भइरहेको छ । हायस आज विहान साढे ५ बजे दुर्घटनमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?