२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

दाङमा ट्रेक्टरको ठक्करबाट १ जनाको मृत्यु

दाङ, मंसिर ७। ट्रेक्टरको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -६ खैरीका ६० वर्षिय सुन्दर प्रसाद चौधरी रहेका छन् । 

चौधरी शारीरिक अशक्त व्यक्ति हुन, उनलाई लमही नगरपालिका (६ खैरी मोडनेर बुधबार दिउँसो २ बजेको समयमा रा १ त ४५०६ नम्बरको ट्रेक्टरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि लागि लमही अस्पतालमा लगिएको र ट्रेक्टर चालक तारालाल चौधरी सहित ट्रेक्टरलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?