२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

कठै ! कसले गर्ने महाप्रसादको उपचार ?

दाङ, मंसिर ८ । श्रीमति छाडेर गइन । बुवा र आमाको मृत्यु भयो । भाई थिए, भाईको पनि दुर्घटनामा परि ज्यान गयो । अनि महाप्रसाद विश्वकर्मा अहिले सहारा विहीन हुन पुगेका छन् ।

धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर १० चौधरी गाऊँमा बस्दै आएका महाप्रसाद अहिले बोल्न सक्दैनन् । पहिले राम्रै बोल्ने, हिड्डुल गर्ने, काम गर्ने उनका अहिले आएर अवस्था दयनीय भएको छ ।

कसैको घरमा आएर मुढा झै सुतिरहेका महाप्रसादको हात, खुट्टा केही पनि चल्न नसक्ने स्थानीय अनिल बरालले जानकारी दिए । ‘उनी बस्न पनि सक्दैनन, पल्टिने मात्र हो,’ बरालले भने, ‘कुनै संघ संस्था वा कसैले उपचार गरिदिएमा ठूलो राहत हुने थियो ।’

अन्दाजी ३७ वर्षका महाप्रसादलाई कुन रोग लागेको भन्नेसमेत अहिलेसम्म जाँच हुन सकेको छैन । उनको अरु आफन्ति नभएको समेत बरालले बताए ।

यस्तै धनकुटा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नगेन्द्र पाण्डेले उक्त अवस्थाका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले चौधरी गाउँ आफ्नो पुरानो ठाउँ भएको र त्यहाँ सम्पर्क गर्ने बताए ।

वडाध्यक्ष पाण्डेले वडा सरकारबाट हुन सक्ने सहयोग गर्ने बताए ।

यदि कसैले महाप्रसादको उपचार गर्न सहयोग गर्नुहुन्छ भने, अनिल बरालको मोबाइल नम्बर ९८४७२०७९९६ र वडाध्यक्ष पाण्डेको फोन मोबाइल नम्बर ९८४२०६१६७७ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?