२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्कियो

सुर्खेत, मंसिर २१ । उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाका लागि उडेको कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ।

दिउँसो करिब १ बजेतिर हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ।

जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ।

जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?