२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

नेपालको ऐतिहासिक जित, भारत १–० गोलले पराजित

दाङ, भदौ ३१। महिला साफ च्याम्पियनसिपमा भारतलालाई हराउँदै नेपालले ऐतिहासिक जित निकालेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोलले हराउँदै जित निकालेको हो । यससँगै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । नेपालको जितमा प्रिती राईले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा उनले उत्कृष्ट गोल गरिन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।  नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?