२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

दाङकी वली नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एकल छनोट

दाङ, असोज ४ । नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोको लागि दाङबाट कोमल वली छनोट हुनुभएको छ । पोखरामा हुने प्रतियोगिताका लागि उहाँका दाङबाट एकल छनोट हुनुभएको हो ।

उहाँ प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम हुनुभएको थियो । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्ने हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिनुभयो ।

वलीले हाम्रो पहुँच तेक्वान्दो डोजाङबाट प्रशिक्षण लिनुभएको थियो ।

राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनुभएकी वलीलाई विद्यालयले बधाई ज्ञापन गरेको छ भने शुभकामना पनि दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?