२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

रुसले छुट्टै अन्तरिक्ष स्टेशन बनाउने

दाङ, साउन १२। रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छुट्टै स्टेशन बनाउने घोषणा गरेको छ । सन् २०२४ पश्चात् अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट आफू बाहिरिने र छुट्टै स्टेशन बनाउने घोषणा गरेको हो।

रुसी अन्तरिक्ष निकाय रोसकोस्मोसका नयाँ प्रमुख युरी बोरिसोभले त्यतिन्जेलसम्म रसकस्मसले आफ्ना सबै प्रतिबद्धता पालना गर्ने पनि बताउनुभयो। अन्य साझेदारसहित अमेरिका र रुसले आईएसएसमा सन् १९९८ देखि सफलतापूर्वक सँगसँगै काम गर्दै आएका छन्।

तर युक्रेनमा अतिक्रमण गरेपछि रुसको सम्बन्ध अरू देशसँग बिग्रिएको छ। पश्चिमा देशहरूले लगाएका प्रतिबन्धहरूका कारण रुसले उक्त आयोजना त्याग्ने यसअघि नै बताएको थियो।

पाँचवटा अन्तरिक्ष निकायहरूको संयुक्त प्रयासमा आईएसएस सन् १९९८ देखि पृथ्वीको कक्षवरिपरि घुमिरहेको छ। यसले हजारौँ वैज्ञानिक प्रयोगहरू गर्दै आएको छ। यो स्टेशन सन् २०२४ सम्म सञ्चालन गर्ने सहमति भएको थियो। तर अमेरिकाले सबैको सहमतिमा त्यसलाई थप छ वर्ष सञ्चालन गर्न चाहेको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकमा बोरिसोभले सन् २०२४ पश्चात् उक्त आयोजनाबाट बाहिरिने निर्णय भएको बताउनुभयो।

बीबीसीबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?