२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

भायानेटले ल्यायो दशैँ अफर

दाङ, भदौ २८। नजिकिदै गरेको विजया दशमीको अवरमा भायानेटले विभिन्न अफर ल्याएको छ ।

जस अन्तर्गत भायानेटले अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

नजिकिदै गरेका दशैंको अवसरमा भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान ९९९ प्रति महिना छुट भएको छ। यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छनोट गर्न पाउँनेछन

त्यस्तै ग्राहकले मेस राउटर लिनका लागि ४ हजार र एमआई ४.एराउटरको लागि १ हजार ५०० डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले उक्त असफ ल्याउको कम्पनीले जनाएको छ ।

त्यस्तै भायानेटले वार्षिक सदस्यतामा मात्र रु १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराउने जनाएको छ । भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्समात्र ५०० डिपोजिट गर्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?