२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

दाङ, मंसिर १। वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड (Common Password)  को सूची सार्वजनिक भएको छ ।

यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ ।

NordPassले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट अनुसार मानिसहरुले निकै सजिलैसँग अनुमान गर्न सकिने पासवर्डहरु अझै पनि प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताको उक्त गल्तीको फाइदा चाहिँ ह्याकरहरुले उठाइरहेका छन् ।

विश्वका विभिन्न ३० वटा देशमा गरिएको अध्ययन अनुसार सन् २०२२ का सबैभन्दा धेरै प्रयोग गरिएका कमजोर पासवर्डमध्ये शीर्ष १० मा यी हुन् :

  • guest
  • qwerty
  • 12345678
  • 111111
  • 12345
  • col123456
  • 123123

यसका अलावा मानिसहरुमा  guest, vip जस्ता पासवर्डको प्रयोग पनि अत्यधिक रहेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसार मानिसहरुमा कुनै चर्चित खेलकुद टिम, चलचित्रको पात्र तथा कुनै विशेष खानेकुराको नामलाई पासवर्डको रुपमा राख्ने चलन हराएको छैन । यसमा मानिसहरुले निकै चर्चित नामको प्रयोग गर्दछन् । त्यसैले पनि त्यस्ता पासवर्ड निकै कमजोर हुन्छन् र ह्याकरहरुले सजिलैसँग पत्ता लगाउन सक्दछन् ।

त्यसैले तपाइँले पनि यस्ता पासवर्ड प्रयोग गर्नुभएको छ भने तत्कालै परिवर्तन गर्नुहोस् । पासवर्डलाई बलियो तथा पत्ता लगाउन कठीन बनाउनुहोस् । त्यसका लागि पासवर्ड लामो राख्नुहोस् जसमा चिन्ह, अंक तथा अक्षर संलग्न गर्नुहोस् । यस्ता पासवर्ड सम्झना गर्न गाह्रो हुन्छ तर पनि साइबर सुरक्षाको दृष्टिले निकै जरुरी हुन्छ ।

साथै आफ्ना हरेक अनलाइन अकाउन्टका लागि छुट्टाछुट्टै पासवर्डको प्रयोग गर्नुहोस् । जसका कारण ह्याकरलाई पासवर्ड क्रयाक गर्न कठीन हुन्छ ।

यसका अतिरिक्त समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने गरेमा पनि आफ्नो अकाउन्ट ह्याक हुनबाट जोगाउन सकिन्छ ।

-अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?