२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

वर्षा लाग्यो, सचेत बनौँ

सम्पादकीय

दाङ, असार ६। नेपालमा पानी पार्ने मनसुन भित्रि सकेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन केहि दिनमा नै पश्चिम नेपालसम्म फैलिने मौसम विभागले बताएको छ । मनसुन भित्रनु भनेको वर्षा सुरु हुन हो वा वर्षा लाग्नु हो ।

वर्षा लागेपछि नेपालमा वर्षेनी ठूलो मात्रमा जनधनको क्षति हुने गरेको छ । गएको वर्ष सिन्धुपाल्चोकलमा बाढीले वितण्डा नै मच्चायो । जसले सयौँ नागरिक विस्तापित भए । घरबार विहीन भए ।

अहिले पनि जेठ महिनाबाटै बाढी पहिरो आउन सुरु गरिसकेको छ । सय वर्ष छिट्टै मनसुन भित्रिएको थियो । जसले गर्दा जेठ महिनामा नै नागरिकहरुले वर्षाका कारण ज्यान गुमाएका छन् ।

साथै यस वर्ष पानी धेरै पर्ने मौसम विभागको आँकलन छ । जसले गर्दा पनि नेपालमा वर्षाका कारण धेरै बाढी पहिरो आउन सक्ने आँकलन गर्न सकिन्छ । यसले जनधनको क्षेति पनि गर्नेछ ।

यहि बैशाख १ गतेदेखि आज जेठ ६ गतेसम्म नेपालमा १० जनाको मृत्यु भइसकेको छ । बाढीले दुई जनाको ज्यान लिएको छ । वितेको २ महिनामा नेपालमा बाढी, पहिरोले गर्दा ५६ घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ ।

सामान्य वर्षा हुँदा त नेपालमा बाढी र पहिरोमा परी १२ जनाले ज्यान गुमाउनु सामान्य कुरा होइन । अझै ठूलो वर्षा हुन बाँकी नै छ । भर्खर असार सुरु भयो । साउन महिना, भदौ महिनासम्म कतिले ज्यान गुमानु पर्ने हो शोचनीय विषय बनेको छ ।

यसरी बाढी, महिरोमा नागरिकको ज्यान जानुमा कतिपय नागरिककै लापर्वाही पनि हुन सक्छ भने धेरै अकस्मात हुने घटनाले नागरिकले ज्यान गुमाउनु परेको छ । सरकार नागरिकको जीवन रक्षामा गम्भीर छैन भन्ने कु्रा त घटेका घटनाहरुले पुष्टि नै गर्छ । सरकार समयमै सचेतना फैलाउन सक्दैन, उद्धार गर्न सक्दैन, समयमै जोखिममा रहेका बस्ती, टोललाई स्थानान्तरण गर्न सक्दैन ।

तसर्थ नागरिक वर्षा सुरु हुँदै गर्दा बाढी, महिरोबाट आफू कसरी सुरक्षित बन्न सकिन्छ भन्ने अनेकन उपायहरु अपनाउन सक्नुपर्छ । जुन ठाउँमा जोखिम देखिन्छ, त्यस ठाउँका बस्तीहरु अर्को ठाउँमा बस्ने व्यवस्था गर्नु पर्छ । तराईमा डुवानको ठूलो डर छ । डुवान पर्ने ठाउँका नागरिकहरुले अहिले नै सुरक्षित स्थान पहिचान गरेर ठूलो पानी परेमा त्यस स्थानमा सुरक्षित बस्नुपर्छ ।

अहिले नदी किनारमा गएर दाउरा संकलन गर्दा पनि नागरिकहरुको ज्यान गएको देखिन्छ । नदी किनारमा जानु नागरिकको बाध्यता होला । तर ज्यानको सुरक्षा छैन भने यस्ता जोखिम ठाउँमा जान रोकिनु पर्छ । यात्रा गर्दा पनि पहिरोमा, बाढीमा परी गाडिहरु पर्ने गरेका छन् ।

यस तर्फ पनि नागरिक सचेत बनौँ । पानी परेको छ । जोखिम हुने क्षेत्र छ भने ख्याल गरेर यात्रा गरौँ । सरकारले नागरिकलाई वर्षाको समयमा कसरी सुक्षित राख्न सकिन्छ समयमै ध्यान पु¥यान सकोस ।

सबै जिम्मेवार बन्न सकियो भने वर्षाबाट हुने क्षेतिबाट बच्न सकिन्छ । ठूलो जनधनको क्षेतिको कमी गर्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्