विश्व क्रिकेटमा नेपालको कमव्याक : नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

दाङ, जेठ २२ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले (मंगलबार) आज राति आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो।
खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन्। नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ। यी दुई खेल अमेरिकामा हुनेछन्।