८ असार २०८१, शनिबार
22 June , 2024,Saturday

सोनापुर सिमेन्टले उपमहानगरलाई तिरेन २ करोड राजश्व

दाङ, मंसिर १५ । सोनापुर मिनरल्स एण्ड आयल प्रालि दुधरास दाङले तुलसीपुर उपमहानगरपालिकालाई २ करोड बढी कर नतिरेको उपमहानगरपालिकाले जनाएको छ । सम्पत्ति कर र सिमेन्ट उत्पादन  करवाफत् २ करोड ४७ लाख ५२ हजार ३ सय ७४ रुपैयाँ कर तिर्न बाँकी रहेको उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले जानकारी दिनुभयो ।
 
५ वर्षको अवधिमा उद्योगबाट उत्पादन भएको १ करोड ३९ लाख ३२ हजार ९ सय ६५ बोरा सिमेन्टको ९७ लाख ५२ हजार ३७४ रुपैयाँ  र ८६ बिगाहा जग्गाको सम्पत्ति करवाफत् एक करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको आर्थिक समितिका संयोजक वलीले बताउनुभयो ।  उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७९/२०८० सम्म उद्योगले भोग चलन गर्दै आइरहेको ८६ बिगाहा जग्गाको ९ वर्षको सम्पत्ति करवाफत एक करोड ५० लाख नबुझाएको देखिन्छ ।
 
त्यसैगरी उद्योगले २०७६/२०७७  मा उत्पादन भएको ५५ लाख ७२ हजार ७ सय ८६ बोरा सिमेन्टको प्रतिबोरा २ पँैसाको दरले  ५५ लाख ७२ हजार ७ सय ८६ रुपैयाँ तिर्न बाँकी छ । त्यसैगरी २०७८ देखि २०८० सम्म तीन वर्षमा उत्पादन भएको ८३ लाख ५९ हजार एक सय ८९ बोरा सिमेन्टको ५० पैँसाका दरले ८३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ तिर्न बाँकी रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?