८ चैत २०८१, शनिबार
22 March , 2025,Saturday

दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता 

घोराही, साउन २६ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा शनिबार घोराहीमा एकदिने  कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
 
संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं पूर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको साक्षरतामा सिइए डिबिएस विजनेस कन्सल्टिङका सिए दिपक सेठी र राप्ती इञ्जिनियरीङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले प्रशिक्षण दिनुभएको थियो । व्यवसायीले कर सम्बन्धी विभिन्न प्रश्न राखेका थिए । अन्तरक्रियात्मक ढंगले भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष नरशेश श्रेष्ठले र सञ्चालन सचिव विकास वलीले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?