१६ मंसिर २०८१, आइतबार
1 December , 2024,Sunday

प्रचण्डले भने–पार्टी विभाजनको हल्ला निराधार हो 

काठमाडौँ, साउन ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनको हल्ला गलत भएको बताउनुभएको छ ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले पार्टीमा भएका भ्रम र आशंका अहिले बसेको स्थायी कमिटी बैठकबाट चिरिएको बताउनु भएको हो । ‘पार्टी फुट्ने हल्ला निराधार हो,’ उनलले भने, ‘पार्टीमा गरिएको आशंका र भ्रम पनि यो बैठकबाट चिरियो । कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आशंका गलत हो ।’
 
त्यस्तै उहाँले  केपी ओली नेतृत्वको वर्तमान सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो सरकारको विषयमा म केही दिनमा संसद्मै बोल्छु ।’
 
टीआरसी विधेयकका सवालमा दाहालले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्