८ चैत २०८१, शनिबार
22 March , 2025,Saturday

दुबईमा भएको मिस स्टार युनिभर्स-२०२३ को उपाधि नेपालकी सृष्टि महर्जनलाई

दुबईमा भएको मिस स्टार युनिभर्स-२०२३ को उपाधि नेपालकी सृष्टि महर्जनलाई

काठमाडौं, असार २४। यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’जस्ता सहविधा समेत जितिन् ।

उपाधि जितेपछि कुरा गर्दै उनले उपाधि जित्दा खुसी लागेको र मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको प्रतिक्रिया दिइन् । ‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नर्भस पनि थिएँ । अन्ततः सफलता प्राप्त भयो ।’


‘इन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्ड(२०२३’ अन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?