अमेरिका बन्दुक हिंसा : चार जनाको हत्या

अमेरिका बन्दुक हिंसा : चार जनाको हत्या
एजेन्सी, असार ३१। अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो । एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको छ ।
रासस