७ चैत २०८१, शुक्रबार
21 March , 2025,Friday

अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए

अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए

काठमाडौँ, साउन १०। अस्ट्रेलियाको दक्षिण तटीय क्षेत्रमा ५१ वटा ह्वेल एकै पटक मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहानैदेखि ९० वटाको समूहमा अल्बनी सहर निजकैको 'चेनिज बिचुमा ती ह्वेलहरू देखा परेका थिए ।

मंगलबार मध्याह्न ती ह्वेल समुद्री तटमा आइपुगेको अस्ट्रेलियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पर्थका निकुञ्ज विभागका भेटनेरी चिकित्सकहरूले अहिले ती ह्वेल उद्धार गरिरहेका छन् । उद्धारमा समुद्री विज्ञ तथा स्यवंसेवकहरू पनि रातिदेखि नै खटिएका छन् ।

निकुञ्ज तथा वन्यजन्तु निकायले बुधबार बिहान ५१ वटा ह्वेल मृत अवस्था फेला पारिएको पुष्टी गरेको छ । ४६ वटा ह्वेल भने तटीय क्षेत्रमा तैरिएर बालुवामा पुगेका छन् । तीनलाई पुनः समुद्रमा पठाउनका लागि प्रयास भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?