२ फागुन २०८१, शुक्रबार
14 February , 2025,Friday

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव गौतम र दुई सदस्यको शपथ

दाङ, असार ७ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले गौतमलाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरिएको हो ।
 
बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गर्नु भएको हो । प्रदेश खेलकुद परिषद् गठन नियमावली अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्सीय परिषद्को अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद् बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ । 
 
प्रदेश सत्ता गठबन्धनमध्ये ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १–१ जना जसपा र नागरिक उनमुक्तिबाट नियुक्त हुने भागवण्डा भएको मन्त्रालय स्रोतले जनाएको छ । नवनियुक्त सदस्य सचिव र सदस्यहरुलाई आजै मन्त्री खत्रीले सपथग्रहण गराएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?