७ चैत २०८१, शुक्रबार
21 March , 2025,Friday

अस्थिर राजनीतिक खेल बन्द गरौं 

दाङ, बैशाख २५ । नेपाली राजनीति अस्थिरताको पर्याय बनेको छ । पटक–पटक सरकार परिवर्तन हुँदा विकास र समृद्धिका योजना थप्प बन्ने गरेका छन् । लामो समयदेखि निर्माणको पर्खाइमा बसेका योजना अलपत्र प्रायः छन् । जसले गर्दा जनतामा चौतर्फि निरासा उत्पन्न भएको छ । जनतामा निरासा उत्पन्न हुँदा  परिवर्तनप्रति नै संकटमा पर्छ कि भन्ने त्रास पनि उत्तिकै उब्जीरहेको छ । राष्ट्र विरोधी तत्वहरुले चौतर्फि भ्रम पैदा गरिरहेका छन् । 
 
पटक–पटक समीकरण बदलिनु नेपाली राजनीतिको विशेषता बनेको छ । छोटो समयमा समीकरण बदलिदा सत्ता पक्ष र प्रतिपक्ष को हो भन्ने अलमलमा जनता रहेको पाइन्छ । सरकार जनताप्रति उत्तरदायी हुनुपर्दछ । जन अपेक्षा पुरा गर्नु सरकारको प्रमुख कर्तव्य हो । हामी कहाँ सरकार बनेसँगै ढाल्ने क्रम सुरु हुनुले पनि सरकार जनताप्रति नभई गठबन्धनप्रति उत्तरदायित्व बन्नुपर्ने बाध्यता छ । पछिल्लो सरकार निर्माण भएसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी, जसपालगायतका दलले सुरु गरेको सरकार ढाल्ने पपन्चका कारण फेरि पनि अस्थिरता निम्त्याउनेमा दुईमत छैन । एकीकृत समाजवादीको दोहोरो रणनीति स्थिर सरकारको बाधक बनेको बुझ्न ढिलाइ गर्नु हुँदैन । समयमै दोहोरो चरित्र चिन्न र सदैका लागि उक्त शक्तिलाई ठेगान लगाउन स्थापित राजनीतिक दल लाग्नुपर्दछ भन्ने हाम्रो बुझाइ हो । 
 
राजनीतिका लागि जनमत र समीकरण मिल्नु अनिवार्य हुन्छ । जनमतको उपेक्षा हुँदा नेपाली राजनीतिमा अस्थिरता निम्तिएको यथार्थता नबुझ्दासम्म अस्थिरताले झांगिदै जाने निश्चित छ । जनमत प्राप्त पहिलो शक्तिले सरकार बनाउने र दोस्रो शक्ति प्रतिपक्षमा बस्ने लोकतान्त्रको सुन्दर पक्ष हो । तर, हामी कहाँ अस्थिरताको फाइदा उठाउँदै पटक–पटक तेस्रो शक्तिले सत्ताको बागडोर सम्हालिरहेको छ । पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले अस्थिरतालाई साथ र सहयोग गर्दै आइरहेका छन् । यो मुलुकका लागि घातक सिद्ध भइसकेको छ । हरेक वर्ष मुलुक असफल राष्टको सुचिमा उक्लिदै गइरहेको सन्दर्भमा अस्थिरताको अन्त्य गर्दै स्थिरता स्थापित गर्नतर्फ लाग्नु आजको अपरिहार्यता हो ।        

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?