८ चैत २०८१, शनिबार
22 March , 2025,Saturday

युवा शक्ति विदेशिदा त्यसबाट पर्ने मुलुकलाई असरहरु

लक्ष्मी पोखेल
‘यो विश्वले युवाहरूको गुण माग गर्दछ । जीवनको समय होइन । तर, मनको एक राज्य, इच्छाको एक स्वभाव, कल्पनाको एक गुण, डरलाग्दो साहसको एक प्रवलता सहज जीवनमा भर पर्दछ ।’–रोबर्ट केनेडी ।

केनेडीका अनुसार मुलुक निर्माणका लागि युवा शक्तिको आवश्यकता पर्दछ । युवाको इच्छा शक्तिमा नै मुलुकको समृद्धि निर्भर गर्दछ । युवा विहीन राज्यले कुनै नौलो सिर्जना गर्न सक्दैन ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । नेपालको राष्ट्रिय युवा नीति–२०६६ मा युवालाई राष्ट्रको मूल सम्पत्तिको रूपमा व्याख्या गरिएको छ । युवा शक्तिलाई राज्यको आश, स्रोत र परिवर्तनको वाहकका रूपमा मानिएको छ । मुलुकको आर्थिक, सामाजिक, राजानीतिक र सांस्कृतिक रूपान्तरणका लागि युवा शक्तिको अपरिहार्यता रहेको युवा नीतिमा उल्लेख गरिएको छ । नेपालको राष्ट्रिय युवा नीति अनुसार १६ वर्षमाथि ४० वर्ष मुनिका सम्पूर्ण नागरिकलाई युवा मानेको छ ।

युवा शक्ति देश विकासका लागि नभई नहुने कुरा हो । हाम्रोजस्तो मुलुकमा युवा शक्ति बिना कुनै पनि काम गर्न सम्भव हुँदैन । विश्वका अधिकांश मुलुकहरुमा नीति निर्माण तहमा युवा सहभागीतालाई अनिवार्य मान्दछन् । युवा विकासको सम्वाहक हो । देशको अग्रगामी विकासका मूल आधार हो । जसको बुद्धि, बल र ताकतकै भरमा देश बन्दछ । हामी कहाँ त्यसको ठीक बिपरित युवा शक्ति विदेश पलायन भइरहेका छन् । धेरैजसो गाउँ बस्तीहरु युवा विहीन बनिसकेका छन् । खेत जोत्ने, घरको छानो हाल्ने र मलामी जाने व्यक्ति समेत पाउन मुस्किल पर्ने भइसकेको छ ।

चालू आर्थिक वर्षमा कामको खोजीमा नेपालबाट बिदेसिने युवाको संख्या ६ लाख नाघेको तथ्यांक छ । यो त्रिभुवन अन्तराष्टिय विमानस्थल प्रयोग गरेर अथवा श्रम स्वीकृति लिएर बिदेशिनेको तथ्यांक हो । अत्यन्तै डरलाग्दो तथ्यांक हो । यसका अलावा भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने युवाको तथ्यांक पनि यही अनुपातमा रहेको छ । यदि भारतमा कामका लागि जानेहरुलाई पनि समेट्दा यो संख्या निकै बढी हुन निश्चित छ । पछिल्लो समय श्रम क्षेत्र अस्तव्यस्त रहेको अवस्थामा पनि विदेश जाने नेपालीको संख्यामा कुनै कमी आएको छैन । नेपालमा रोजगारी नपाए पछि बिदेसिन नेपालीहरुको बाध्यता नै हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गर्ने यस्तो तथ्यांकमा अध्ययनका लागि जापान, युरोप र अष्ट्रेलिया, क्यानडा जानेहरुको संख्या पनि समावेश गरिएको छैन । नेपालबाट विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या पनि निकै छ । श्रम स्वीकृति लिएर विदेश जाने युवाहरुमा सबैभन्दा बढी मलेसिया र खाडीका मुलुकमा गएको तथ्यांकाले देखाएको छ । त्यस्तै अवैध बाटो भएर युरोप, अमेरिकासहित विश्वका विभिन्न देश पुग्ने युवाहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

युवा शक्ति विदेशिनुका कारणहरु
हरेक महिना लाखौं युवाहरुले देश छोडिरहेका छन् । उनीहरुलाई आफ्नो भविष्य नेपालभन्दा बाहिर नै सुनिश्चित हुन्छ भन्ने लागिरहेको छ । जसले गर्दा उनीहरुले विशेषगरी विकसित मुलुकमा जानका लागि अनेक उपायहरु अपनाइरहेको देखिन्छ । नेपालबाट विशेषगरी शिक्षा, काम र भ्रमणको नाममा वर्षेनी लाखौं युवाहरु विदेशिने गरेका छन् । त्यसमध्ये ठूलो संख्यामा युवाहरुले सधैँका लागि देश नै छाडेर जान खोजेको पनि देखिन्छ । जसका धेरै प्रमाण र उदाहरणहरु समाजमा भेटिन्छन् । कतिपय नेपालीहरुले त विकसित मुलुक जानको लागि गैरकानुनी बाटोको यात्रा गर्दै आफ्नै जीवनलाई जोखिममा समेत पुर्याउने समाचारहरु पनि समय–समयमा सुनिन्छन् ।

नेपालको शिक्षा नीतिको कारण पनि नेपालीहरुले देश छाड्ने अवस्था सिर्जना भएको छ । नेपालको शिक्षा व्यक्तिगत, सामाजिक र राष्ट्रिय उद्देश्य पूर्ति गर्ने प्रकारको भएन, जसले गर्दा अवसरको खोजीमा मानिसहरुले देश छाड्ने गरेका छन् । विकसित मुलुकमा अध्ययनका लागि भनेर गएका लाखौं युवाहरुले सोही देशमा नै पारिवारिक जीवनको शुरुवात गर्ने गरेका छन् । त्यस्तै ठूलो संख्याका युवाहरुले भिजिट भिसाको प्रकृयाबाट विकसित मुलुक प्रवेश गरिरहेका छन्, उनीहरुको सो प्रवेश पनि ती मुलुकमा स्थायी बसोवासको प्रक्रियाको लागि नै हो ।

्जापान, मलेसिया र अरब क्षेत्रका देशमा बाहेक अन्य विकसित देशमा गएका नेपालीहरुको ठूलो हिस्सा नेपाल नफर्कने गरेको प्रमाणहरु विभिन्न क्षेत्रबाट पाइन्छ । तर, आजको दिनमा कति नेपालीले सधैंका लागि देश छाडेर गए भन्ने तथ्यांक राज्य वा कुनै निकायसँग छैन । धेरै विकसित मुलुकहरुले नेपालीलाई काम, अध्ययन र भ्रमणको लागि भिसा दिने विषयमा निकै कसिलो नीति लिएका छन् । जसले गर्दा पनि नेपालीहरु सहज रुपमा भने ती देशमा प्रवेश गर्न सक्दैनन् । आर्थिक, सामाजिक र राजनीतिक कारकहरू समेट्ने विभिन्न कारणहरूले गर्दा नेपाली युवाहरूको विदेश जाने प्रवृत्ति बढ्दै गएको छ । जसलाई बुँदागतरुपमा यसरी देखाउन सकिन्छ ।

आर्थिक कारकहरू
नेपालमा रोजगारीको अभाव उच्च ज्याला र विदेशमा राम्रो जीवनस्तरको चाहनाले नेपाली युवा शक्ति विदेशिने क्रम बढेको छ । धेरै कमाउने अभिलाषाले युवा शक्तिलाई विदेश मोहले तानिरहेको छ । केही वर्ष विदेशी भूमिमा मिहिनेत गरेर बाँकी जीवन स्वदेशमा आनन्दले विताउने अथवा उतै सेटल हुने अभिलाषाले युवा शक्ति देश छोड्दै गइरहेका छन् ।

सामाजिक कारकहरु
मानिस समाजमा स्थापित हुने, रहर लाग्दो जीवन बिताउने मोहले गर्दा युवा शक्ति विदेशिदै छ । बसाइ सरेका परिवारका सदस्य र साथीहरूको प्रभाव, विदेशमा काम गर्ने वा अध्ययन गर्नेसँग सम्बन्धित स्थितिको धारणा सांस्कृतिक कारकहरूले युवालाई देश छोड्ने वातावरण सिर्जना गरिरहेको छ ।

राजनीतिक कारक
राजनैतिक अस्थिरताका कारण युव शक्तिमा विदेश मोह बढ्दै गइरहेको छ । राजनीतिक कारकहरूको कारण व्यक्तिगत र व्यावसायिक विकासको लागि सीमित अवसरहरूको धारणा युवाहरूको चिन्तालाई सम्बोधन गर्ने सरकारको क्षमतामा विश्वासको कमीका कारण देश छाड्दै छन् युवाहरु ।

शैक्षिक अवसर
विदेशमा प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षाको खोजी, गुणस्तरीय शिक्षाको खोजीमा युवाहरु देश छोड्दै छन् । अध्ययनसँगै भविष्य उतै सेटल गर्ने चाहनाले पनि युवाहरुलाई देश छोड्ने वातावरण सिर्जना गरिरहेको छ ।

विदेशी अनुभव
विदेशमा रही नेपाली युवाहरूले नयाँ विद्यामा नयाँ अनुभवहरू प्राप्त गर्न सक्छन्। तिनीहरूले नयाँ भाषा र संस्कृतिका साथै विभिन्न व्यक्तिगत र सामाजिक परिचयहरू प्राप्त गर्ने अवसर पाउँदछन्। यो विदेशी अनुभवले तिनीहरूलाई व्यक्तिगत विकासमा मद्दत गर्दछ र तिनीहरूको व्यक्तित्व रूपान्तरणमा महत्वपूर्ण भूमिका निभाउँछ ।

विश्वसँग सम्पर्क
विदेशमा जानेर नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्न सक्छन् । तिनीहरूले अन्तर्राष्ट्रिय यौनिकताका बारेमा ज्ञान प्राप्त गर्ने अवसर पाउँदछन् र अन्तर्राष्ट्रिय सम्पर्कमा बढी निपुण हुन्छन् । यो उनीहरूको ब्यक्तिगत विकास र नेपाली समाजलाई आफ्नो योगदान गर्न पनि मद्दत गर्दछ ।

राष्ट्रिय आविर्भाव र पहिचानका अभाव
नेपालमा अस्थायी सरकारी अवस्थाको कारण, युवाहरूले राष्ट्रिय आविर्भाव र पहिचान अभावमा परेका छन् । विदेशमा नेपालीहरूले नेपाली भाषा, सांस्कृतिक मूल्य, राष्ट्रियता, र आत्मनिर्भरता प्रतिष्ठान गर्ने अवसर प्राप्त गर्न सक्दैनन् ।

नेपालमा नसकिने विशेषकरूण शिक्षामा गहिराइ
नेपालमा विशेषकरूण उच्च–शिक्षामा आवश्यक सुविधाको कमी, अस्थायीता, गुणस्तर अनिश्चितता, शिक्षा प्रणालीका विकासमा बाधाहरू र निराशा लिएको कारणले, नेपाली युवाहरूले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने छन्। विदेशी विश्वविद्यालयहरूले उच्च–शिक्षामा मान्यता, विशेषज्ञता, व्यापारिक सम्पर्क, शोध अवसर, अनुसन्धान सुविधा,विविधता, नवीनता र नेटवर्किङ अवसर प्रदान गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?