अभिकर्ता प्रशिक्षण तालिम सम्पन्न
दाङ, कार्तिक २४ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कृषि अभिकर्ताहरुका लागि प्रशिक्षण तालिम सञ्चालन गरेको छ । केन्दिय कार्यालयको आयोजनामा घोराहीमा भएको तालिममा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका कृषि बिमा अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
लुम्बिनी प्रदेशमा कृषि बिमालाई प्रभाकारी बनाउन अभिकर्ता प्रशिक्षण कार्यकम सञ्चालन गरेको घोराही शाखा प्रमुख डा. लोकराज पराजुलीले जानकारी दिनुभयो । तीन दिनसम्म चलेको तालिममा ३४ जनाको सहभागीता रहेको थियो । तालिममा मनोहर अधिकारी र बेदबहादुर रोकायले प्रशिक्षण दिनुभएको थियो ।
यसैबीच शुक्रबार तालिमको समापन गरिएको छ । कोर्डिनेटर राजकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख शंखर श्रेष्ठ, केन्द्रीय कार्यालय कृषि युनिट प्रमुख सोनु कडेल, चन्द्रौटा शाखा प्रमुख कमल शर्माले सहभागीलाई अभिकर्ताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण दाङ शाखा प्रमुख डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।