२ फागुन २०८१, शुक्रबार
14 February , 2025,Friday

दाङ एक्सपोमा रौनक थपिदै : दर्शकहरुको घुइँचो दिनानुदिन बढ्दै 

घोराही, माघ २७ । लोकदोहोरी गायिका ज्योति मगरले घोराही–१५ झिगौरामा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको शनिबारको दिन दर्शकहरुलाई आफ्नो प्रस्तुतीमार्फत् मनोरञ्जन प्रदान गर्नुभएको छ । शनिबारको अपरान्नहसम्म ज्योति मगरले आफ्नो प्रस्तुतीमार्फत् हजारौं दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको हो । 
 
अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । सटिक र व्यंग्यात्मक भनाइ राख्दै आफ्नो प्रस्तुती देखाउनुभएकी उहाँले दर्शकको वाहवाह पाउनुभएको थियो । झण्डै आधा दर्जन गीतहरुमार्फत् पौने घण्टा प्रस्तुती राख्नुभएकी मगरको प्रस्तुतीले ६ वजेसम्म दर्शकहरुले एक्सपोमा सहभागी दर्शकहरु कार्यक्रम स्थलमा बस्न बाध्य बनेका थिए । 
 
यस्तै गायक गोपाल नेपाल जिएमको गीतमा युवायुवती छमछमी नाच्दै रमाइलो गरेका थिए । एक्सपोमा दिनहुँ जसो दर्शकको घुइँचो बढ्दै गएको देखिन्छ । दर्शकलाई थप मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाइभ दोहोरी गीत र नृत्य प्रतियोगीता पनि सञ्चालन भइरहेको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँघरसम्म व्यवसाय विस्तार’ भन्ने मुल नाराका साथ एक्सपो सञ्चालन गरिएको हो । स्थानीय उत्पादनले बजार नपाइरहेको वर्तमान सन्दर्भमा यस्ता मेला महोत्सवले उत्पादित वस्तुको बजारीकरणमा योगदान पु¥याएको अध्यक्ष अग्रवालले बताउनुभयो ।
 
तुलसीपुर महोत्सवमा उर्लिए दर्शक
‘लुट्नेलाई त ब्रम्हलुट छ । नेपालमै हजुर, सुनको गजुर’ गायक कृष्ण रेउलेले पहिलो गीत गाउँदा नै मैदान भरिभराउ भइसकेको थियो । तिनै दर्शकलाई गायक रेउलेले देशको वर्तमान अवस्था चित्रण गरिएको गीत गाएर भावुक बनाउनुभयो । 
 
प्रदेश तथा केन्द्रमा पनि यही क्षेत्रका प्रभावशाली नेता तथा सरकारको नेतृत्वमा रहँदा पनि विकासले गति लिन नसकेको यथार्थ र अलपत्र फोरलेन, सधैँ चुनावका बेला मात्रै चर्को रुपमा उठ्ने अघिपछि बेवास्ता गरिने टरिगाउँ विमानस्थललगायतका विषयवस्तुलाई नजिकबाटै नियालेका गायक रेउलेले ती विषयलाई टुक्कामार्फत् प्रस्तुत गरिरहनुभयो । यी विविध विषयमा पीडा भोगिरहेका दंगाली दर्शकका अनुहार गायक रेउलेको प्रस्तुति अवधिभर चहराइरहेको घाउमा कसैले मल्हम लगाइदिएको महसुस गरे झैं देखिन्थे । 
 
त्यसपछि गायतक रेउलेले अघिल्ला गीतबाट भावुक बनेका दर्शकको भावुकपनलाई चिर्ने कोसिस गर्नुभयो । महोत्सवमा गायक अर्जुन सापकोटा, गायिका सिर्जना खत्री ‘हाउडे माया’, सदिक्षा पोख्रेल र डान्सर सरिष्मा वलीको प्रस्तुतिले दर्शकलाई महोत्सवको समयावधिभर मोहनी लगाइरह्यो । आयोजकका अनुसार शनिबार मात्रै करिब २५ हजार दर्शकले मेला अवलोकन गर्नुभएको छ । 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?