८ असार २०८१, शनिबार
22 June , 2024,Saturday

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

दाङ, माघ २९ । छुट्टाछुट्टै दुर्घटनामा परि पाँचजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परि पाँचजनाको मृत्यु भएको हो ।

कार्यालयका अनुसार माण्डवी गाउँपालिका–१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्वरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षिय ठगबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महाराजगज नगरपालिका–११ बढेगाँउ कपिलवस्तुस्थित सडकमा नम्वर नखुलेको अटो र लु.५६ प ४८९९ नम्वरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परि मोटरसाइकल चालक महाराजगञ्ज नगरपालिका–१ पिपरी बस्ने ३६ वर्षिय उदयराज रैदासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगञ्जमा उपचारको लागि पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु.७३ प ६५९८ नम्वरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१३ बदेलपोखरी बस्ने ५४ वर्षिय राजकुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका–२ धादिङस्थित सडकमा बा.४ख ३५५९ नम्वरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने २९ वर्षिय गोविन्द श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ, भने १ जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिबास नगरपालिका–१ महोत्तरीस्थित सडकमा ना.५ख ५०१३ नम्वरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शुभ–स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?