२ फागुन २०८१, शुक्रबार
14 February , 2025,Friday

देशमा गतिलो शिक्षा नीति नहुदा उच्च शिक्षाका लागि विदेशीदै युवायुवती

शिवु खनाल
देउखुरी, जेठ ३१ । स्थानीय तह र लुम्बिनी प्राविधिक विश्वविद्यालय बिच सहकार्य विषयक एकदिने अन्तक्रिया कार्यक्रममा सहभागीहरूले देशको शिक्षा नीति गतिलो नहुदा युवाहरू विदेशीने बाध्यता भएको बताएका छन् । नेपाली श्रम बजारमा वर्षेनी लाखौं युवा प्रवेश गरिरहेको बताउँदै वक्ताहरुले नेपाली युवाशक्ति विदेशीएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

्लुम्बिनी प्राविधिक विश्वविद्यालयले आयोजना गरेको स्थानीय तह र लुम्बिनी प्राविधिक विश्वविद्यालय बिच सहकार्य विषयक एकदिने अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या क्रमश उकालो लाग्दै गएको भन्दै उनीहरुले शिक्षा प्रणालीको त्रुटिका कारण श्रम बजारमा पुगेका युवा के गर्ने भन्ने अलमल परिराखेको बताएका छन् ।

कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले क्याम्पसमा अध्ययन गर्ने युवा वैदेशीक शिक्षाप्रति आकर्षित हुँदा हाम्रा शैक्षिक संस्थामा बिस्तारै विद्यार्थीको कमी हुन थालेको बताउनुभयो । उहाँले व्यावसायिक, व्यावहारिक, प्रविधिमैत्री, खोजमूलक, रोजगारमूलक शिक्षा नहुँदा हाम्रा क्याम्पसमा विद्यार्थीको आकर्षणमा कमी आएको बताउनुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल कोपिलाले देशमा गतिलो शिक्षा नीति नहँुदा उच्च शिक्षा पढ्ने विद्यार्थी मात्र होइन, चिकित्सक, इञ्जिनियरका साथै वन, कृषि, सूचना प्रविधि आदिका दक्ष जनशक्ति पनि विदेश जाने गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले युवा पलायनको पछिल्लो अवस्था डरलाग्दो मात्रै नभई भयावह भएको बताउनुभयो । गुणस्तरीय शिक्षा तथा रोजगारीको कमी नै यसको प्रमुख कारण भएको भन्दै उहाँले गुणस्तरीय शिक्षा र रोजगारीमा यथोचित उपलब्धी हासिल हुन नसकेको बताउनुभयो । नगर उपप्रमुख योगीले देश विकासका लागि कति जनशक्ति आवश्यक पर्छ ? त्यसको योजना र तथ्याङ्क बनाउन नसकिएको बताउनुभयो ।

विश्वविद्यालयको शिक्षालाई अनुसन्धान तथा ज्ञानमा आधारित गराउन नसकेको भन्दै उहाँले योग्यता अनुसार रोजगारी उपलब्ध हुन नसकेको बताउनुभयो । स्वदेशमा नै रोजगारी सिर्जना गर्दै नेपाली युवाको विदेश यात्रामा कमी ल्याउने तथा विदेशमा गएकालाई स्वदेशतर्फ नै आकर्षण गराउने र योग्यता अनुसार रोजगारी दिई गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने खालको शिक्षा विश्वविद्यालयले प्रदान गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग विज्ञ प्रा.डा कृष्ण प्रसाद घिमिरेको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, डिन कीर्ति कुसुम जोशीले प्रशिक्षण दिनुभएको थियोे, भने कार्यक्रमको सहजीकरण शाखा अधिकृत भोजलाल थारूले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?