७ चैत २०८१, शुक्रबार
21 March , 2025,Friday

खोलाले अटो बगाउँदा दाङमा महिलाको मृत्यु

दाङ, साउन १९ । खोलाले अटो रिक्सा बगाउँदा दाङमा महिलाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर–४ बेचनी खोलाले अटो बगाउँदा एक महिलाको मृत्यु भएको भन्दै प्रहरीले अर्की एक महिला बेपत्ता भएको जनाएको छ ।

तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई शुक्रबार राति खोलाले बगाउँदा तुलसीपुर–४ खाद्रेकी ५५ वर्षिया सीता आले र सुर्खेत घर भई खाद्रे बस्ने १६ वर्षिया मञ्जु खड्का बेपत्ता भएकोमा शनिबार बिहान आलेको शव तुलसीपुर–१५ ग्वार खोलामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता खड्काको शव फेला परेको छैन ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार खोलाले अटोसहित ५ जनालाई बगाएकोमा चालकसहित तीन जनालाई सकुशल उद्धार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?