खेलकुद महासंघ घोराहीको अध्यक्षमा रानामगर

दाङ, साउन २६ । नेपाल खेलकुद महासंघ घोराही नगर कमिटीको अध्यक्षमा अभिलाष राना मगर चयन हुनुभएको छ । शुक्रबार घोराहीमा भएको भेलाले रानामगरको अध्यक्षतामा घोराही नगर कमिटी चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा आकाश बुढा, सचिवमा एलिशा खड्का, कोषाध्यषमा सुशील बानिया र सह–सचिवमा विमल विष्ट, दिपेश पुनमगर चयन हुनुभएको छ । महासंघको सदस्यमा शरोज कुमाल, अनुषा रोका, सन्तोष बुढा, सञ्जिव विश्वकर्मा र कमल पुन चयन हुनुभएको छ ।
महासंघका जिल्ला अध्यक्ष अभिशेक बुरामगरको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य जिल्ला इञ्चार्ज दिनेश आचार्यले स्वास्थ्यका लागि खेलकुद भन्ने मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेलले अनुशासित बनाउने र अनुशासनले जीवनमा सफलता प्राप्त हुने बताउँदै प्रमुख अतिथि आचार्यले अनुशासित भएर खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।