प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता

दाङ, असोज १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आजदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार अमेरिका पुगेका थिए । न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा आइतबार संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रचण्डलाई स्वागत गरेका थिए ।
राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रचण्ड शनिबार साँझ अमेरिका प्रस्थान गरेका थिए ।